Day 2: Types of AI (Artificial Intelligence)
AI को प्रकारहरू (Artificial Intelligence) AI लाई मुख्य रूपमा यसको क्षमता (Capability) को आधारमा तीन प्रकारमा विभाजन गरिन्छ: १. Narrow AI (Weak AI) कमजोर एआई यस्तो एआई जुन एउटा मात्र विशेष काम गर्नका लागि बनाइएको हुन्छ। अहिले हामी प्रयोग गर्ने लगभग सबै एआई Narrow AI हो। उदाहरणहरू: Google Assistant अनुहार चिन्ने सिस्टम (Face Recognition) ChatGPT 👉 मुख्य कुरा: Narrow AI केवल त्यसलाई सिकाइएको काम मात्र गर्न सक्छ। अन्य कुनै काम गर्न सक्दैन। २. General AI (Strong AI) बलियो एआई यस्तो एआई जुन मानिसले जस्तै सोच्न, सिक्न, र निर्णय गर्न सक्षम हुन्छ। यसले मानिसले गर्ने सबै प्रकारका बौद्धिक कामहरू गर्न सक्छ। अहिलेको समयमा यो केवल अनुसन्धानमै छ अझै विकास भएको छैन। उदाहरण: यस्तो रोबोट जुन खाना बनाउन, गाडी चलाउन, लेख्न, निर्णय गर्न, सबै काम गर्न सक्छ। ३. Super AI सुपर एआई यस्तो एआई जुन मानिसभन्दा पनि धेरै बुद्धिमान हुन्छ। आफैंले आफैलाई सुधार गर्न सक्छ। यसमा आफ्नै भावना, विचार र उद्देश्य हुन सक्छ। यो अहिलेको लागि केवल कल्पना ...