कानून सबैका लागि बराबर हुनुपर्छ

 आफैले खनेको खाल्डोमा आफै परेपछि त्यसलाई “प्रतिशोध” भन्न मिल्दैन।


जनताले दिएको अभिमत कुल्चिएर, सत्ता दुरुपयोग गरेर, अहंकार देखाउँदै निर्दोषमाथि अन्याय गर्ने त्यो के थियो? न्याय कि राजनीति?

हिजो पनि प्रश्न यही थियो जब रबिलाई पक्राउ गरेर विभिन्न जिल्लाका हिरासतमा घुमाइयो, त्यो प्रतिशोध थियो कि कानुनी प्रक्रिया? आज फेरि उही प्रश्न उठ्छ।

हामीले एकै कुरा सम्झिनुपर्छ:
 कानून सबैका लागि बराबर हुनुपर्छ
 निर्दोष नफसून्
 दोषी उम्कन नपाओस्

न्याय भावनाले होइन, प्रमाण र प्रक्रियाले हुनुपर्छ।
देशलाई चाहिएको प्रतिशोध होइन निष्पक्ष न्याय हो। 

Comments